१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा शर्माको उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:o३:oo

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा भविश्वर शर्माले उम्मेदवारी दिएका छन् । परिषद्का वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । 

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार शर्माले ठमेललाई आन्तरिक र बाह्य पर्यटकको विशेष पर्यटकीय क्षेत्र बनाउनका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । उनले ठमेल क्षेत्रको सुरक्षाका लागि ५०० सिसिक्यामरा जडान गर्ने, सादा पोसाकमा प्रहरी परिचालन गर्ने, ठमेलभित्र ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

अध्यक्षमा निर्वाचित भए ठमेल क्षेत्रको फोहोर व्यवस्थापन, सडक तथा ढल व्यवस्थापन, तार तथा सडक बत्ती व्यवस्थापन, विकृतिमुक्त ठमेल, व्यवस्थित ठमेल, घरबेटी व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्ने शर्माको प्रतिबद्धता छ । त्यस्तै, शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला र महासचिवमा बद्री तिमल्सिनाले समेत उम्मेदवारी घोषणा गरेका छन् । 

ad
ad