१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o९:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डिन्होसँगको रोहितको खेल अनुभव : ‘महान् हस्तीसँग खेल्न पाउनु ठूलो अवसर हो’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४३:oo

विश्व च्याम्पियन तथा फिफा वर्ष खेलाडी भइसकेका ब्राजिलियन रोनाल्डिन्होविरुद्ध एकै मैदानमा प्रतिस्पर्धाको अवसर खासै जुर्दैनन् । क्लबस्तरीय प्रतियोगितामा यो क्षण दुर्लभ नै मानिन्छ । नेपाली मिडफिल्डर रोहित चन्दले थोरै खेलाडीले पाउने रोनाल्डिन्होविरुद्धको खेल्ने अवसर पाएका छन् । 

ट्रोफियो मैत्रीपूर्ण खेलमा ब्राजिलियन खेलाडी रोनाल्डिन्हो र रोहित आबद्ध इन्डोनोसियाको पेर्सिक केडिरीबीच खेल भएको थियो । इन्डोनेसियामै भएको रोमाञ्चक मैत्रीपूर्ण खेलमा पेर्सिकले रोनाल्डोन्होको टोलीलाई टाइब्रेकरमा पराजित ग¥यो । खेलपछि पेर्सिकमा आबद्ध सबै खेलाडीले रोनाल्डिन्होसँग मैदानमै फोटो खिचाए । मैदानमा खेलाडीहरूले थोरै समय रोनाल्डिन्होसँग कुराकानीको अवसरसमेत पाए । 

यसैक्रममा नेपालका स्टार मिडफिल्डरले रोनाल्डिन्होसँग फोटो मात्र खिचाएनन, केही समय कुराकानी पनि गरे । रोहितले यसै अनुभव आइतबार सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । रोहितले रोनाल्डिन्होसँग खेल्न पाउनु करिअरकै ठूलो अवसर भएका रूपमा प्रतिक्रिया दिएका छन् । 

‘विश्व फुटबलका महान् हस्ती रोनाल्डिन्होसँग मैदान सेयर गर्न पाउनु मेरा लागि एक अद्भुत अनुभव रह्यो,’ रोहितले फेसबुकमा लेखेका छन्, ‘जीवनमा मैदानमै उहाँसँगको भेट र खेल्न पाउला भनी कल्पना पनि गरेको थिइन्ँ ।’ रोहितले रोनाल्डिन्होकै खेल हेरी फुटबल सिकेको र हुर्किएको बताए । ‘रोनाल्डिन्होको जादुमयी खेल हेर्दै हुर्किएँ, उहाँसँगै मैदान सेयर गर्नु ठूलो अनुभव र आशिषको कुरा हो,’ उनले भने । 

रोहित लामो समयदेखि इन्डोनेसियामा व्यावसायिक फुटबल खेल्दै आइरहेका छन् । मालाङस्थित कान्जुरुहान रंगशालामा भएको मैत्रीपूर्ण प्रतियोगितामा पेर्सिकले दुई खेलमै जित निकाल्यो पेर्सिकले पहिलो खेलमा रोनाल्डिन्हो सम्मिलित रेन्स नुसनतारा एफसीलाई टाइब्रेकरमा ४–२ले र दोस्रो खेलमा एरेमा एफसीलाई टाइब्रेकरमै ५–४ ले हरायो । 
रोहितले रेन्स नुसनतारा एफसीविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।

गत मार्चमा विश्वकप, कोपा अमेरिका कपसँगै क्लब फुटबलबाट थुप्रै उपाधि जितिसकेका रोनाल्डिन्होलाई इन्डोनेसियामा फुटबल खेल्न बोलाउने वाचा नुसनताराले गरिएको थियो । सोही क्रममा रोनाल्डिन्होले इन्डोनेसियामा मैत्रीपूर्ण खेल खेल्न आएका थिए । ४२ वर्षीय रोनाल्डिन्होले बार्सिलोना, पिएसजी र एसी मिलानजस्ता चर्चित क्लबबाट व्यावसायिक खेलेका थिए । 

ad
ad