मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
सौरभ यादव राजविराज
२०७९ असार २० सोमबार ०६:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मिटरब्याजी रामदेवलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ असार २० सोमबार ०६:५९:००

खुँखार मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालतआगाडि प्रदर्शन गरेका थिए ।

‘ऋण तिरिसकेको जग्गा फिर्ता गर’, ‘बलात्कारी रामदेव साहलाई कारबाही गर’, ‘गैरकानुनी कार्यमा संलग्न साह परिवारलाई कारबाही गर’ लेखिएको प्लेकार्ड बोकेर नारा लगाउँदै पीडितहरूले जुलुस निकालेका थिए । न्याय नपाए आफूहरूको उठिवास नै हुनुपर्ने अवस्था आउने भएकाले बाध्य भएर संघर्षको सहारा लिनुपरेको संघर्ष समितिका संयोजक छेदीलाल पासवानले बताए । उनले भने, ‘न्यायका लागि पहल गरिदिनुहुन सबैमा आग्रह छ ।’

नयाँ पत्रिकाले समाचार प्रकाशित गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएलगत्तै सक्रिय भएको नेपाल प्रहरीले रामदेव साह तेलीका छोरा नन्दकिशोरलाई गत २७ जेठमा सुनसरीको धरान–१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिवकुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार र धनुषा खरिहानी टोलका कैलाश साह फरार छन् ।