मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १९ आइतबार २०:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेवलाई निष्कासित गर्ने नेताहरूलाई ‘सुरक्षा थ्रेट’ !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १९ आइतबार २०:५८:००

वामदेव गौतमलाई नेकपा एकता राष्ट्रिय अभियानका संयोजकबाट निष्कासन गरी संयोजक बनेका युवराज सफलले अभियानको नाम जथाभावी प्रयोग नगर्न चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै सफलले अभियानका प्रचार तथा प्रकाशन विभाग प्रमुख निमाकान्त पाण्डेलाई यस्तो चेतावनी दिएका हुन् । 

‘नेकपा एकता राष्ट्रिय अभियानको निवर्तमान संयोजक कमरेड वामदेव गौतमको अध्यक्षतामा कथित सचिवालय बैठक बसी सचिवालय बैठकले नेकपा एकता राष्ट्रिय अभियानका वर्तमान संयोजक युवराज सफल, सचिवालय सदस्य कृष्णगोपाल बन्जरा, सचिवालय सदस्य मीननाथ देवकोटा र सचिवालय सदस्य नीलकण्ठ पौडेललाई नेकपा एकता राष्ट्रिय अभियानबाट निष्कासन गरियो भनी तथाकथित स्वघोषित तत्कालीन नेकपा एकता राष्ट्रिय अभियानको प्रचार तथा प्रकाशन विभाग प्रमुख निमकान्त पाण्डेले मिडियामा कथित कारबाहीको विवरण पठाएको भन्ने सुनिन आएकोले अब उप्रान्त नेकपा एकता राष्ट्रिय अभियानको नाम प्रयोग गरी जथाभावी प्रेस विज्ञप्ति जारी नगर्न सचेत गराउन चाहन्छु,’ सफलले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

सफल समूहले नेता गौतमलाई कारबाही गरेपछि शनिबार बसेको गौतम पक्षको बैठकले पनि संयोजक तोकिएका समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता सफल, आधुनिक नेपाल समाजवादी पाटीका अध्यक्ष बन्जरा, नेकपा (राष्ट्रवादी)का अध्यक्ष देवकोटा, आम नेपाली पार्टीका अध्यक्ष पौडेल र अभियानका सचिवालय सदस्य तेजबहादुर कार्कीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । 

गौतम पक्षले आफूहरूलाई गरेको कारबाही ‘पूर्ण रूपमा अराजनीतिक, पुर्वाग्रही, अव्यवहारिक र गैरकानुनी रहेको सफलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सुरक्षा थ्रेट भएको भन्दै गृहमन्त्रीलाई निवेदन 
साथै गौतम पक्षका सचिवालय सदस्य ओम चालिसेले आफू पक्षका नेताहरूलाई भौतिक रूपमा कारबाही गर्ने धम्की दिएको भन्दै गृहमन्त्री बालकृष्ण खाणसमक्ष जिउज्यानको सुरक्षाको मागसमेत गरेका छन् ।
‘हामीमाथि र हाम्रो ज्यानमाथि कहीँकतै केही भयो भने त्यस्को जिम्मेवारी ओम चालिसे र तत्कालीन वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका सदस्य नै हुने यसै निवेदनमार्फत सार्वजनिक गर्न चाहन्छौँ, सफलद्वारा हस्ताक्षरित निवेदनमा भनिएको छ ।