१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ ६ आइतबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेश १ सरकारको बजेट बहुमतले पारित  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १८:५८:oo

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ। प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोद्वारा प्रस्तुत आर्थिक वर्ष  २०७९/८० का लागि अनुमानित आय व्ययको कुल ३९ अर्ब ७३ करोड ८३  लाखबराबरको बजेट आइतबारको प्रदेस सभा बैठकबाट पारित भएको हो । 

मुख्य विपक्षी दल नेकपा एमालेले वित्तीय अनुशासनविपरीत ७८ करोड बढी रकम बजेटमा विनियोजन गरेको आरोप लगाउँदै एक सय रुपैयाँ खर्च कटौतीको संशोधन विधेयक प्रदेश सभामा दर्ता गराएको थियो। उक्त्त प्रस्ताव सरकार पक्षले फिर्ता लिन आग्रह गरे पनि एमालेका सांसदहरूले नमानेपछि सभामुख प्रदीपकुमार राजभण्डारीले एमालेको उक्त प्रस्ताव अस्वीकृत गर्दै बहुमतले प्रदेश सरकारको आगामी वर्षको बजेट पारित भएको घोषणा गरे । 

चालू वर्ष प्रदेश १ सरकारले ३४ अर्ब ५४ करोड १३ लाखबराबरको बजेट परिचालन गरिरहेको छ । नेकपा एमाले मुख्य विपक्षी रहेको प्रदेश १ मा हाल ९०  जना प्रदेश सांसद छन् । यहाँ कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजबादी र लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धन सरकार छ । 

ad
ad