काठमाडौं जिल्ला अदालत बार एसाेसिएसनको आगामी निर्वाचनका लागि नेपाली कांग्रेससमर्थित कानुन व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)को आन्तरिक निर्वाचन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न मतगणनाअनुसार डिएलए काठमाडौंको तर्फबाट अध्यक्षमा रामचन्द्र पौडेल आरसी विमल, उपाध्यक्षमा पदमा पुरुषोत्तम अधिकारी, सचिवमा उज्ज्वलराम श्रेष्ठ, सहसचिवमा अञ्जु रेग्मी र कोषाध्यक्षमा सन्तोष भण्डारी उम्मेदवार छनाेट भएका छन्। उम्मेदवार छनाेट भएकाहरू काठमाडौं जिल्ला अदालत बार एसाेसिएसनको निर्वाचनको उम्मेदवार बन्नेछन् ।