Skip This
बाढीले पुल भत्कँदा आवतजावतमा सास्ती
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १९ आइतबार
  • Wednesday, 17 September, 2025
२o७९ असार १९ आइतबार १o:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीले पुल भत्कँदा आवतजावतमा सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १९ आइतबार १o:४६:oo

अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ । लुङ्ग्री– १ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो ।     
     
गत मंगलबार राति परेको अविरल वर्षापछि आएको बाढीले पुल बगाएको थियो । अहिलेसम्म पुल मर्मतसम्भार हुन नसक्दा स्थानीयलाई आवतजावतमा सास्ती भएको हो । सोही बाटो हुँदै स्थानीय लुङ्ग्रीका विभिन्न वडा र सदरमुकाम लिवाङ आवतजावत गर्ने गर्दछन् ।     
     
लुङ्ग्रीका अध्यक्ष भरत थापाले भने, ‘पुल भत्किएपछि कतिपय स्थानीय पैदलयात्रा गर्न बाध्य छन् भने कतिपय अर्को बाटोबाट आवतजावत गर्छन्, निकट भविष्यमा पुल मर्मत गरी यातायात सञ्चालन गर्छौँ ।’

सो गाउँपालिकाको २७ लाखको लगानी रहेको सो पुलमा आर्थिक अनियमितता भएको जनाउँदै सार्वजनिक आलोचनासमेत भएको थियो ।