निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
तिवारी यादव वीरगन्ज
२०७९ असार १९ आइतबार १०:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकाले श्वेतपत्र जारी गर्दै 

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार १०:११:००

वीरगन्ज महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख राजेशमान सिंहले श्वेतपत्र जारी गर्ने भएका छन् । नगरप्रमुख सिंह नगरप्रमुखमा निर्वाचित भएको करिब दुई महिनापछि श्वेतपत्र जारी गर्न लागेका हुन् । 

महानगरपालिका कार्यालयको सभाकक्षमा आज (आइतबार) अपराह्न ३ बजे श्वेतपत्र जारी गर्न लागेको नगरप्रमुखको सचिवालयले जनाएको छ । महानगरपालिकाको आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रका साथै सञ्चालनमा रहेका विभिन्न परियोजनाको वर्तमान अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको सचिवालयको भनाइ छ ।

श्वेतपत्रमार्फत महानगरवासीलाई महानगरको विगतको नेतृत्वको काम, महानगरको वर्तमान आर्थिक, शैक्षिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रको अवस्था, सञ्चालन र निर्माणाधीन योजनाको अवस्थाबारे जानकारी गराइने भएको छ ।

महानगरले जारी गर्ने श्वेतपत्रले विगतको नेतृत्वले गरेका काम र महानगरकोे वर्तमान अवस्थाबारे महानगरवासीलाई जानकारी हुने बताइएको छ । महानगरमा नयाँ नेतृत्व निर्वाचित भएसँगै गत जेठ २३ गते बसेको नगर कार्यपालिकाको पहिलो बैठकले नै श्वतेपत्र जारी गर्ने निर्णय गरेको थियो ।