निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २९ आइतबार
  • Sunday, 14 August, 2022
२०७९ असार १९ आइतबार ०८:४३:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चन्दननाथलाई उपाधि

Read Time : < 1 मिनेट
२०७९ असार १९ आइतबार ०८:४३:००

१२ औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधि चन्दननाथ नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समिति जुम्लाले आयोजना गरेको प्रतियोगितामा हिमा गाउँपालिका द्धितीय भएको छ ।

समितिका सदस्यसचिव संगीता आचार्यका अनुसार प्रतियोगितामा विभिन्न विधा समावेश थिए । त्यसमध्ये सबैभन्दा बढी चन्दननाथ र दोस्रोमा हिमा गाउँपालिकाले उपाधि जितेको छ ।

हिमा गाउँपालिकाले यसपटक एथ्लेटिक्समा स्वर्ण हात पारेको छ भने मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिबलमा जित हात पारेको छ भने द्धितीय स्थान कनकासुन्दरीले हासिल गरेको छ ।