मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १८ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार १८ शनिबार १८:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वाम एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १८:४५:oo

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित भएका छन् । गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा(राष्ट्रवादी) र आम नेपाली पार्टी अध्यक्षहरूले छुट्टै बैठक बसेर बहुमतको निर्णयले गौतमलाई संयोजकबाट निष्कासित गरेको उल्लेखित पार्टीका अध्यक्षहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । 

चार पार्टीको बैठकले अभियानको संयोजकमा सचिवालय सदस्य युवराज सफललाई चयन गर्दै गत असार ११ मा निर्माण गरिएको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको जनाएको छ ।  

यस्ता छन् गौतममाथि लगाइएको पाँच आरोप  

 १.सांगठनिक अराजकता, निरंकुश, तानाशाही शैली , चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको,

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको,

३. जालझेल, छलछाम, षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको,

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरूको आडमा शक्ति बनाई सो शक्तिको चरम  दुरुपयोग गरी उल्लेखित शक्तिहरूलाई सिध्याउने गतिविधि गरिएको,

५. सम्पूर्ण  वामपन्थी तथा समाजवादी शक्तिलाई बृहत् कम्युनिस्ट एकतामा जोड्ने योजनाबमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड वामदेव गौतमले  सो निर्धारित उद्देश्यविपरीत अभियानलाई सत्ता, शक्ति, पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।