१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १८ शनिबार १५:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलहरू ठीक छैनन् भन्ने भ्रम हटाउन आवश्यक छ : सुमन सायमी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १८ शनिबार १५:१८:००

गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमीले दलहरू ठीक छैनन् भन्ने भ्रम हटाउन आवश्यक रहेको बताएका छन्। जनतामा दलहरू ठीक छैनन् भन्ने भ्रम परेको उल्लेख गर्दै उनले यस्ता भ्रम हटाउन आवश्यक रहेको बताएका हुन्।

शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित स्वतन्त्र उम्मेदवारहरूको विशेष भेलामा उनले दलको विकल्प दल नै रहेको बताए। संसदीय व्यवस्थामा एक व्यक्तिले कानुन बनाउन नसक्ने भन्दै सायमीले यसका लागि समेत छुट्टै दल गठन गर्नुपर्ने बताए।

संसद्मा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले छुट्टै दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उनले बताए।

‘संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ हो। त्यहाँ बहुमतको कदर हुन्छ। एक व्यक्तिले कानुन बनाउन सक्दैन। त्यसो भएको कारण त्यसमा जाँदा दलको विकल्प दल नै हो। र, त्यसको आवश्यकता छ। दल ठीक छैन भन्ने जनतामा रहेको भ्रम हटाउन जरुरी छ। दलको विकल्प दल नै हो,’ सायमीले भने ।