मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १८ शनिबार
  • Saturday, 12 July, 2025
२o७९ असार १८ शनिबार १२:३८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्डको उपाधि चन्दननाथलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १८ शनिबार १२:३८:oo

जुम्लामा १२औं राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको उपाधी चन्दननाथ नगरपालिकाले प्राप्त गरेको छ। जिल्ला खेलकुद विकास समिति जुम्लाले आयोजना गरेको जिल्लास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा धेरै विधामा पहिलाे हुँदै चन्दननाथले उपाधि प्राप्त गरेको हो।

यसैगरी, द्वितीय उपाधि हिमा गाउँपालिकाले प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ। समितिका सदस्यसचिव संगीता आचार्यका अनुसार आयोजना गरिएकामध्ये सवैभन्दा बढी विधामा उपाधी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले प्राप्त गरेका छन्। हिमा गाउँपालिकाले यसपटक एथलेटिक्समा पनि जित हासिल गरेको छ।

मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ। पुरुष भलिबल प्रतियोगिताको उपाधि पनि पातारासीले नै हात पारेको छ भने द्वितीय स्थान कनकासुन्दरीले हासिल गरेको छ ।

यसैगरी, महिला भलिवल प्रतियोगितामा कनकासुन्दरी गाउँपालिका प्रथम भएको छ भने चन्दननाथ नगरपालिका द्वितीय भएको छ। कवड्डीमा चन्दननाथ पहिलो र कनकासुन्दरी दोस्रो भएको आयोजकले जनाएको छ। कबड्डीमा महिलातर्फ तिला गाउँपालिका प्रथम, तातोपानी गाउँपालिका द्वितीय र हिमा गाउँपालिका तृतीय भएको छ। 

यसैगरी, भलिबलमा महिलातर्फ कनकासुन्दरीकी सुनिता कठायत र पुरुषतर्फ मानबहादुर बोहरा उत्कृष्ट खेलाडी घोषित भएका छन्। कबड्डीमा महिलातर्फ मनीषा कठायत र पुरुषतर्फ उमेश बुढथापा उत्कृष्ट भएका छन्। एक सय मिटर दौडमा हिमाकी मीरा शाही प्रथम भएकी छिन्।