स्वतन्त्र उम्मेदवारहरूको भेला ललितपुरमा सुरु

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

स्वतन्त्र उम्मेदवारहरूको भेला ललितपुरमा सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बिहानदेखि सुरु भएको हो ।

भेलामा काठमाडौंमा मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालसमेत सहभागी भएका छन् । 

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशभरबाट स्वतन्त्र उम्मेदवारी दिएकाहरू सहभागी रहेको बताइएको छ । स्वतन्त्र उम्मेदवारहरूको यो पहिलो भेला हाे । 

सुझावित समाचार