कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

शुक्रबार, १७ असार, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका– ८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुने गरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइसचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश १ कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीलगायतलाई टेलिफोन गरी तत्काल कटान रोकथाममा जुट्न निर्देशन दिएकाे उनको सचिवालयले जनाएको छ । 

सो निर्देशनलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोसीले कटान सुरु गरेको स्थानमा तारजालीमा ढुंगा भर्ने र बालुवा बोरामा भरेर कटान रोक्ने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए। 

नदीको बहाव ठूलो भएकाले कटान रोक्ने कार्यमा समस्या भइरहेको जनाइएको छ । यो क्षेत्रमा गतवर्ष पनि कोसी नदीले कटान गरेको थियो । रासस 

सुझावित समाचार