Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार १६:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार १६:४५:००

पूर्वसञ्चारकर्मी रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ ।

गत ७ असारमा राजधानीमा एक कार्यक्रम गरी लामिछानेले पार्टी घाेषणा गरेका थिए । उनले साेही दिन निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएका थिए । तर, केही स्वतन्त्र उम्मेदवारले सो नामको पार्टी दर्ता गर्दा आफूहरूलाई निर्वाचन लड्न अप्ठ्यारो हुने भन्दै आयोगमा उजुरी दिएपछि लामिछानेकाे पार्टी दर्ता प्रक्रिया केही लम्बिएकाे थियो । सो विवादको किनारा लगाउँदै आयोगले शुक्रबार पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको हो ।

लामिछाने नेतृत्वको पार्टीले गोलाकारभित्रको घण्टी चुनाव चिह्न पाएको छ । पार्टी प्रवक्ता मुकुल ढकालले प्रस्तावित चुनाव चिन्ह गोलाकारभित्रको घण्टी पाएको जानकारी दिए ।