१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १७ शुक्रबार ०६:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकको मृत्यु, ३८ घाइते

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार ०६:३५:००

काभ्रेको बनेपा नगरपालिका– ११ मा अवस्थित अपांग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार अस्पतालका कर्मचारी घर–घर लैजाने क्रममा बा.१क ५७४७ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा अस्पतालकी महिला कर्मचारी लेखकुमारी बस्नेतको मृत्यु भएको खतिवडाले जानकारी दिए । घाइते बस्नेतको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । 

अन्य ३८ जना घाइतेको शिर मेमोरियल अस्पताल, भोमी अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिए । अस्पतालबाट बनेपातर्फ आइरहेको बसले अस्पतालतर्फ जाँदै गरेको मोटरसाइकललाई साइड दिँदा सडकको छेउ भासिएको र बस रोडबाट खसेको थियो ।