१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:२४:००
Read Time : < 1 मिनेट
समाचार

बस दुर्घटनामा परी एकको मृत्यु, ३५ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १८:२४:००

दाङमा सोमबार भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् । 

घोराही होलेरी सडकखण्डको घोराही उपमहानगरपालिका १३ बाह्रकुने दहको मौलाकोट जाने चोक नजिक ना ४ ख ६०९४ नम्बर बस सोमबार साँझ दुर्घटना भएको हो । रोल्पा बागमाराबाट घोराही आउँदै गरेको बस दुर्घटना हुँदा सहचालक रोल्पा रुन्टीगढी ७ का २३ वर्षीय हर्कबहादुर पुनको मृत्यु भएको हो । बस तीब्रगतिमा रहेको र जीपलाई ओभरटेक गर्दा दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

बस सडक छेउमा रहेको कल्भर्टमा ठोकिएर आएको दिशा तर्फ फर्किएको छ । दुर्घटनामा अहिले सम्म ३५ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ । गम्भीर केही घाईतेहरुलाई घोराहीमा प्रारम्भिक उपचार पछि जिल्ला बाहिर पठाईएको छ । अन्य घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।