१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०९:२४:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

अब कार्यालय सहयोगी सवारीचालकमा ‘डाइभर्ट’ हुन पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०९:२४:००

श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘...ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक बन्ने बाटो खुलेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार कार्यालय सहयोगीमा स्थायी नियुक्ति लिएकाहरूले सीपका आधारमा पद परिवर्तन गरेर सवारीचालक बन्न पाउनेछन् । ‘स्थायी कार्यालय सहयोगीमा नियुक्त भएका तर सवारीचालक अनुमतिपत्र भएकाहरूले यो अवसर प्राप्त गर्न पाउनेछन्,’ उनले भने, ‘त्यसका लागि लोकसेवा आयोगले सीप परीक्षणको परीक्षा लिनेछ । त्यहाँबाट उत्तीर्ण हुनुपर्छ ।’

सवारीचालक अनुमतिपत्र पनि भएका एक कार्यालय सहयोगीले पुनरावेदन अदालत पाटनमा सेवा समूह र पद परिवर्तन गर्न पाउनुपर्ने माग राख्दै रिट दायर गरेका थिए । पुनरावेदन अदालतले सीपका आधारमा सवारीचालक पदमा परिवर्तन गर्न दिनू भनेर आदेश दिएपछि मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।