मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:४१:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंकका ग्राहकले माया मेट्रो अस्पतालमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:४१:००

कुमारी बैंक लिमिटेडका ग्राहकले धनगढीको माया मेट्रो अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटी, एम्बुलेन्स सेवामा पाँच प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ । 

 यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्ने  बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हाल देशभरमा एक सय ९७ शाखा, एक सय ८६ एटिएम, ४५ शाखारहित बैंकिङ तथा २४ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।