मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Wednesday, 09 July, 2025
सप्तरंग डिजिटल संस्करण

चलचित्र महोत्सवले प्रवासी नेपालीलाई सुनिने र देखिने बनाएको छ : ह्यारी भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १२:४६:oo

अमेरिकाको मेरिल्यान्ड राज्यका सांसद नेपाली मूलका ह्यारी भण्डारीले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको क्यालेन्डर कार्यक्रम हुनुपर्ने बताएका छन्। उनले आफ्नो गृहराज्यमा आयोजित नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२२ सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई धन्यवादसहित बधाई दिँदै यस्तो बताएका हुन्।

‘नेपाल र अमेरिकालगायत विश्वका १२ देशका उत्कृष्ट चलचित्रको सहभागिता रहेको महोत्सवमा विजयी चलचित्र तथा सर्जकहरूलाई हार्दिक बधाई ज्ञापन गर्दछु। मलाई लाग्दछ, अन्तर्राष्ट्रिय मानकको यो महोत्सवलाई तमाम नेपालीको सहकार्य हुनुपर्छ, अमेरिकामा रहेका चलचित्रप्रेमी नेपालीको एक क्यालेन्डर कार्यक्रम हुनुपर्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।  

उनले चलचित्र महोत्सवले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्च दिएर चलचित्रमार्फत अमेरिकामा रहेका नेपालीलाई सुनिने र देखिने बनाएको बताए। अमेरिकाकै सबैभन्दा पुरानो संसद् मेरिल्यान्ड हाउस अफ एसेम्बेलीको तर्फबाट भण्डारीले महोत्सवलाई अभिनन्दनपत्र प्रदान गरेका थिए।

त्यस्तै, अन्तर्राष्ट्रिय महोत्सव आयोजना हुँदा अपनत्व ग्रहण गरेर सहयोग र सहकार्य  गर्न पनि उनले मेरिल्यान्डका नेपालीलाई आह्वान गरेका छन्।

अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा जुन २३ देखि २६ सम्म भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा महोत्सव सञ्चालन भएको थियो। महोत्सवको उद्घाटन भण्डरी र म्यारिल्यान्डका कला तथा योजना आयोगका संयोजक फिल्ड डेबिजले गरेका थिए।