आज बागमती प्रदेश सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध हटेसँगै सोमबारबाट प्रदेश सभामा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने जनाएको हो ।
बैठकमा सत्तापक्षले सरकारले ल्याएको बजेट जनमुखी भएको भन्दै स्वागत गरेका थिए भने प्रतिपक्षले सरकारले चुनावलक्षित असन्तुलित बजेट ल्याएको भन्दै विरोध गरेका थिए ।