१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o७:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ठगी नियन्त्रण आफ्नो उपलब्धि : निवर्तमान श्रममन्त्री श्रेष्ठ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:४५:oo

पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि नयाँ–नयाँ योजना ल्याएको बताए । सोमबार मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै झन्डै नौ महिनाको कार्यकालमा श्रमिकमाथि हुने ठगीलाई धेरै हदसम्म नियन्त्रण गरिएको जिकिर गरे । सोमबार नै नवनियुक्त श्रममन्त्री शेरबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन् ।  

 रोजगारीका लागि नयाँ गन्तव्यको खोजी गरे
श्रममन्त्री श्रेष्ठले पहिलोपटक नेपाली नर्सलाई बेलायत रोजगारीका लागि पहल गरे । त्यस्तै, माल्दिभ्स, सिसेल्स र इजरायलको निर्माण क्षेत्रमा श्रमिक लैजानेसम्बन्धी श्रम सम्झौताको पनि तयारी भइरहेको उनले बताए । लामो समयदेखि रोकिएको दक्षिण कोरिया र इजरायलमा श्रमिक पठाउने कार्य मन्त्री श्रेष्ठले नै सुरु गरे । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कार्यकालमा सबै खालका श्रम स्वीकृतिलाई पेपरलेस, फेसलेस र क्यासलेस बनाए ।

काठमाडौंमा नै आएर साता दिन लाइनमा बसी श्रम स्वीकृति लिनुपर्ने बाध्यतालाई हटाएर उनले सबै सेवाहरू अनलाइनमार्फत उपलब्ध गराए । मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, संस्थागत स्वीकृति लिनका लागि अनलाइनको व्यवस्था गरे । फलस्वरूप कुनै श्रमिकले यथास्थानमा नै बसेर श्रम स्वीकृति तत्काल लिन सक्ने व्यवस्था गरे । श्रम कार्यालय हुने हजारौँको भिडलाई हटाएर सहज वातावरणको सिर्जना गरे । सातवटै प्रदेशवाट वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति प्रदान गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाए । विमानस्थलमा श्रमिकहरू निश्चित द्वारबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य गरे ।

 श्रम स्वीकृतिलाई पेपरलेस, फेसलेस र क्यासलेस  
श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो कार्यकालमा सबै खालको श्रम स्वीकृतिलाई पेपरलेस, फेसलेस र क्यासलेस बनाएको बताए । मन्त्रालयले व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, संस्थागत स्वीकृति लिनका लागि अनलाइनको व्यवस्था गरे । सातवटै प्रदेशबाट वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति प्रदान गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्क हटाए । विमानस्थलमा श्रमिकहरू निश्चित द्वारबाट मात्र प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य गरे । त्यस्तै, वैदेशिक रोजगार बोर्डले कामदारलाई दिने सेवालाई समेत पूर्ण रूपमा अनलाइन बनाए । कामदारका परिवारले बोर्डबाट लिनुपर्ने सेवा–सुविधालाई स्थानीय तहबाट नै लिन सक्ने व्यवस्था गरे ।  

 पीडितलाई प्राथमिकता
श्रममन्त्री श्रेष्ठले आफ्नो कार्यकालमा सबैभन्दा धेरै काम भनेको पीडितको पक्षमा गरे । उनले जेठ मसान्तसम्ममा मन्त्रालयमा आएका १७ हजार तीन सय ४७ गुनासो तथा समस्यालाई समाधान गरे । विभिन्न मुलुकमा अलपत्र परेका एक हजार १२ जनाको उद्धारसमेत गरे । दुई हजार ६ सय ९२ प्रतिष्ठानको श्रम अडिट र दुई लाख ३४ हजार लाभग्राही योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी भए । मन्त्री श्रेष्ठका अनुसार उनले आफ्नो कार्यकालमा १२ हजारभन्दा धेरैलाई व्यावसायिक सीप प्रदान गरे । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक लाख २१ हजारभन्दा धेरै रोजगारी सिर्जना गरे भने श्रम कानुनको परिपालनाबारे दुई हजार तीन सय ६१ प्रतिष्ठानको अनुगमनसमेत गरे । 

वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिई ठगी गर्ने विभिन्न म्यानपावर कम्पनीलाई कारबाही गरे । पीडितलाई क्षतिपूर्ति प्रदानसमेत गरिएको उनले दाबी गरे । चालू आवको हालसम्म १५ करोड ३३ लाख रुपैयाँ ठगी रकम असुली गरिएको छ । अदालतमा ७२ वटा मुद्दा दायर भएका छन् भने १९ करोड ५७ लाख रकम बिगो दाबी गरिएको छ ।

ad
ad