खहरे खोलामाथिबाट आएको लेदोले केहीबेर अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ६ बजेर १० मिनेटको समयमा भरतपुर– १९ स्थित खहरे खोलाको लेदोले सडक अवरुद्ध बनाएपछि एकतर्फी सवारी मात्र सञ्चालन गरिएको थियो ।
करिब २० मिनेटमा लेदाे पन्छाइसकेपछि दुईतर्फी बाटो सुचारु भएको चितवन प्रहरीले जनाएको छ । अहिले सोही सडकखण्डमा कुनै तोकतोक नभएको पनि प्रहरीकाे भनाइ छ ।