बहुभाषिक नाट्य महोत्सव आजदेखि

आइतबार, १२ असार, २०७९
डिजिटल संस्करण

गुरुकुल थिएटर (कुञ्ज थिएटर)मा आजदेखि ‘बहुभाषिक नाट्य महोत्सव–०७९’ सुरु भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आइतबारदेखि महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवकी संयोजक निशा शर्माका अनुसार महोत्सवमा सहभागी हुन दुई दर्जन नाटकले आवेदन दिए पनि सात नाटक चयन भएका छन् । आरोहण गुरुकुलको सह–आयोजनामा हुने महोत्सव १८ असारसम्म चल्नेछ । महोत्सवमा खस, लेप्चा, तामाङ, थारू, राईलगायत भाषाका नाटक प्रदर्शन गरिनेछन् । 

महोत्सवको पहिलो दिन लेप्चा उत्थान मञ्च इलामको प्रस्तुतिमा ‘लेप्चा’ भाषाको नाटक ‘स्वर्ग जाने सिँढी’ मञ्चन गरिनेछ । दोस्रो दिन (१३ असार) रौतहटका कुन्दन थारूको निर्देशन रहेको थारू भाषाको ‘कनन लता’ प्रदर्शन गरिनेछ भने तेस्रो दिन (१४ असार) ओखलढुंगाका कविराज राईले निर्देशन गरेको राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन हुनेछ । 

महोत्सवको चौथो दिन (१५ असार) धरानबाट तामाङ भाषाको नाटक ‘डम्फुला’ मञ्चन गरिनेछ । रंगभूमि एकेडेमी धरानको प्रस्तुति रहने यो नाटकलाई विष्णु मोक्तानले निर्देशन गरेकी हुन् । 

महोत्सवको पाँचाैँ दिन (१६ असार) राई भाषाको नाटक ‘होङछा’ मञ्चन हुनेछ । यो नाटकलाई प्रवीण पुमाले निर्देशन गरेका हुन् । महोत्सवको छैटौँ दिन (१७ असार) मा इलामबाट प्रतिनिधित्व गरेका चेतन आङथुपो र बनेम फागोले निर्देशन गरेको नाटक ‘सुविउ चरी’ मञ्चन हुनेछ । महोत्सवको अन्तिम दिन (१८ असार) दीपेन्द्र उपाध्यायले निर्देशन गरेको जुम्लाको खस भाषाको नाटक ‘कुटिरो’ मञ्चन गरिनेछ । 

सुझावित समाचार