१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ११ शनिबार १८:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं आइपुगे नव–नियुक्त भारतीय राजदूत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ११ शनिबार १८:०८:००

नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आज काठमाडौं आइपुगेका छन् । उनी आज अपराह्न काठमाडौं आएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाण-पत्र बुझाएपछि औपचारिक रूपमा कार्यभार सम्हाल्नेछन् ।   

नेपालका लागि भारतीय राजदूतमा नियुक्त हुनुभन्दा अगाडि श्रीवास्तव नयाँ दिल्लीमा चीन, जापान , कोरिया र मंगाेलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रूपमा कार्यरत थिए । उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्वसमेत गरेका थिए । 
 
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम गर्नुका साथै  वासिङ्टन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।