Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार ११ शनिबार १४:४१:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नासाले चन्द्रमाको धुलो र साङ्ला फिर्ता माग्यो

Read Time : < 1 मिनेट
२०७९ असार ११ शनिबार १४:४१:००

नासाले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ। नासाको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् ।

अन्तरिक्ष एजेन्सीले बोस्टनस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो–११ मिसनमा संकलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल फिर्ता गर्न माग गरेको हो।

चन्द्रमाको चट्टानबाट संकलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने–नपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई खुवाइएको थियो। नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर ४० मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको सिसी संघीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन्।

नासाको पत्र पाएपछि आरआर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ । लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो।

अपेलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो। उक्त चट्टानलाई धुल्याएर कीरा, माछा, साङ्लालगायत जीवलाई खुवाइएको थियो। चट्टानको धुलो विषाक्त भए–नभएको निर्क्याेल गर्न तिनलाई त्यो खुवाइएको थियो।

चन्द्रमाको धुलो खुवाइएका साङ्लालाई त्यतिवेला नै मिनेसोटा विश्वविद्यालय लगेर  कीटविद् मेरियन बुक्सबाट अनुसन्धान गराइएको थियो। चन्द्रमाको माटो विषाक्त नभएको उनले पुष्टि गरेकी थिइन्। ब्रुक्स १५ वर्षअघि नै यो संसारबाट बिदा भएकी छिन्। रासस/एपी