१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

महँगी नियन्त्रणबारे मन्त्री र सरोकारवालासँग छलफल गर्दै गठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:२५:oo

सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका विषयमा सम्बन्धित मन्त्रीहरूसँग आज छलफल गर्ने भएको छ। पाँचदलीय गठबन्धन समन्वय समिति संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार मूल्यवृद्धिबाट जनतालाई राहत र महँगी नियन्त्रणका विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र सरोकारवाला निकायसँग शीर्ष नेताहरूसहितको छलफल गर्न लागिएको हो।

‘महँगीको मारमा परेका जनतालाई गठबन्धन सरकारको तर्फबाट कसरी राहत दिने, कृत्रिम महँगी, कालोबजारी नियन्त्रण के–कसरी  गर्ने भन्ने विषयमा अर्थमन्त्री, उद्योग, आपूर्तिमन्त्रीसहित सरोकारवाला निकायसँग बसेर गठबन्धनका तर्फबाट छलफल गर्न लागिएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेर महँगी नियन्त्रणलाई अगाडि बढाउँछौँ।’

बैठक आज बस्ने भए पनि समय भने तय भइसकेको छैन। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौैडेलले बुधबार बसेको गठबन्धनका शीर्ष नेताहरूको निर्णयअनुसार बैठक बस्न लागेको जानकारी दिइन्। ‘आज बैठक बस्ने तय भएको हो, तर समयबारे जानकारी आइसकेको छैन,’ उनले नयाँ पत्रिकासँग भनिन्।

ad
ad