१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १० शुक्रबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १० शुक्रबार o९:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

१० स्टार्टअपलाई ५० करोड लगानी दिइँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १० शुक्रबार o९:२६:oo

नेपालका उत्कृष्ट १० स्टार्टअपले ५० करोड रुपैयाँ लगानी प्राप्त गर्ने भएका छन् । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार आयोजना गर्ने स्टार्टअप मेलामा उनीहरूलाई पुँजी उपलब्ध गराइने भएको हो ।

परिसंघ युवा उद्यमी मञ्चले राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा ‘स्टार्टअप फेस्ट २०२२’ आयोजना गर्दै छ । देशभरबाट तीन सयभन्दा बढी स्टार्टअप परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये १० वटा उत्कृष्ट स्टार्टअप छनोट गरिएको नेपाल उद्योग परिसंघ स्टार्टअप अभियान समितिकी आयुषी केसीले जानकारी दिइन् ।

‘नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ भने पुँजी लगानीको अवसर पनि प्रदान गरिनेछ,’ उनले भनिन्, ‘यो कार्यक्रबाट स्टार्टअपहरूलाई पुँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइएको छ ।’

यस्ता कार्यक्रमले स्वदेशमै नयाँ उद्यम गर्न चाहने युवाहरूलाई उत्साहित बनाउने उनले बताइन् । ‘स्टार्टअपमार्फत करिब ५० करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता गरिनेछ,’ उनले भनिन्, ‘टिम भेन्चर, बोबल इक्विटी फन्ड, अध्यन्त फन्ड म्यानेजमेन्ट, हिमालय क्यापिटल र टेली भेन्चार पार्टनर प्रालिले पुँजी लगानीको प्रतिबद्धता गरिसकेका छन्, अन्य प्रतिबद्धतासमेत खोजिनेछ ।’

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महŒवपूर्ण अंगका रूपमा स्थापित गराउन उनीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको परिसंघका उपाध्यक्ष रोहित गुप्ताले बताए । ‘स्टार्टअपलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि परिसंघले रचनात्मक भूमिका निर्वाह गर्दै आइरहेको छ,’ उनले भने, ‘व्यवसायका स्वरूपहरू परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरूमा काम गर्ने सम्भावना देशमा रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने हाम्रो अभियान छ ।’ युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न युवा उद्यमी मञ्चमार्फत स्टार्टअप फेस्ट कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।

ad
ad
ad
ad