मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ९ बिहीबार ११:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार ११:२७:oo

आजबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई आफू अध्ययनरत विद्यालयमै खोप लगाउने व्यवस्था मिलाएको छ।

बालबालिकालाई फाइजर–बायोएनटेक खोप दिइनेछ । पहिलो चरणमा काठमाडौं उपत्यकासहित २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइने र दोस्रो मात्रा आगामी साउन २ देखि ८ गतेसम्म दिइनेछ । बाँकी जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिने तयारी छ ।