१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संवैधानिक नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ फेरि सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१२:००

संवैधानिक अध्यादेश तथा नियुक्तिविरुद्धका मुद्दाको पेसी पुनः सरेको छ । ०७७ पुसमा दायर रिटको बुधबार सुनुवाइ हुने भनिए पनि राष्ट्रपति कार्यालयबाट नियुक्तिको सक्कल फाइल नआएपछि पेसी सरेको हो । अग्राधिकार प्राप्त यो मुद्दा पुनः अनिश्चित बनेको हो । 

अधिवक्ता ओमप्रकाश अर्याल निवेदक रहेको मुद्दासँगै अन्य तीन मुद्दा छन् । ती सबैका प्रतिवादीले पठाएको लिखित जवाफ सर्वोच्चमा आइसकेको छ । बहसको सुरुमै निवेदकमध्येका एक सुलभ खरेलले आफूले दायर गरेको मुद्दामा संसदीय सुनुवाइविना नियुक्त भएका सबैलाई प्रतिवादी बनाए पनि न्यायपरिषद् सदस्य रामप्रसाद भण्डारीलाई म्याद नगएको र लिखित जवाफ नआएको प्रश्न उठाएका थिए ।

त्यसपछि मुद्दामा भण्डारीलाई पनि विपक्षी कायम गरी जवाफ माग्ने आदेश भएको निवेदकले बताएका छन् । तर, लिखित जवाफ नआएकाले कति समयभित्र जवाफ पेस गर्नुपर्ने हो पक्षहरूलाई जानकारी छैन ।

यसैगरी यसै मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाले दायर गरेको मुद्दा पनि लगाउमा राख्ने आदेश भएको सर्वोच्चका अधिकारीले बताए । ‘अनि राष्ट्रपतिबाट नियुक्तिको निर्णयको सक्कल फाइल झिकाउने आदेश भए पनि नआएपछि तत्काल सुनुवाइ नभएको हो,’ उनले भने ।