१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ८ बुधबार १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

न्यायाधीश अडियो प्रकरण : अधिवक्ता पोखरेलविरुद्ध 'एक्सन'मा काउन्सिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १७:o९:oo

नेपाल बार काउन्सिलले अडियो प्रकरणमा जोडिएका अधिवक्ता रुद्र पोखरेललाई कारबाहीका लागि म्याद जारी गर्ने निर्णय गरेको छ। महान्यायाधिवक्ता खम्बबहादुर खातीको अध्यक्षतामा बसेको काउन्सिल बैठकले घुस लिएर आरोपितलाई छुटाउनेबारे न्यायाधीशसँग संवाद गरेको विषयमा उनीमाथि छानबिन अघि बढाउने निर्णय गरेको हो। 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता पोखरेलबीच विचाराधीन ठगी मुद्दामा इच्छाराज तामाङलाई छुटाउने विषयमा ‘डिल’ भएको विषय सार्वजनिक भएको थियो। काउन्सिल सचिव मोना सिंहका अनुसार बैठकमा पोखरेलमाथि कारबाही र छानबिन गर्ने विषयमा छलफल भएको थियो। ‘बैठकको निर्णयको छलफलपछि आजै सम्बन्धित व्यक्तिलाई म्याद जारी गरेका छौँ,’ सिंहले भनिन् ।