१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

योगलाई जीवनको एक हिस्सा बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

योग अभ्यासले शरीर र दिमागलाई सकारात्मक ऊर्जा दिने प्रधानमन्त्रीको भनाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:१३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले योग अभ्यासले शरीर र दिमागलाई सकारात्मक ऊर्जा दिने बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय दूतावास काठमाडौंले मंगलबार आर्मी मुख्यालय परिसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने बताए । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादर कार्कीले सबैलाई नियमित योग गर्न प्रेरित गर्नुपर्ने धारणा राखे । दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले योगको प्राचीन परम्परा दुई देशको साझा सभ्यता सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातिको कल्याणका लागि विस्तार गर्नुपर्नेमा जोड दिइन् ।

दूतावासले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार सो कार्यक्रम जारी भारत आजादीको अमृत महोत्सवअन्तर्गतको एक उत्सव कार्यक्रम हो । कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योग विधि प्रस्तुत गरिएको थियो । योग सत्रमा करिब ६ सय सहभागी थिए ।

त्यसअघि दूतावासले योग दिवसको पूर्वसन्ध्यामा सोमबार काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा एक सय ७७ सदस्य राष्ट्रले भारतको प्रस्ताव समर्थन गरेपश्चात् सन् २०१५ यता हरेक वर्ष २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । 
 

ad
ad