१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार ७ मंगलबार ०८:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

प्राञ्जलीको ‘पानीघट्ट’ बजारमा

Read Time : < 1 मिनेट
२०७९ असार ७ मंगलबार ०८:२२:००

उपन्यासकार सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ सार्वजनिक भएको छ । सोमबार आयोजित कार्यक्रममा डा. गणेश गुरुङ, लोकगायिका शर्मिला गुरुङ, लेखक, निर्देशक तथा अभिनेता खगेन्द्र लामिछाने र लेखक प्राञ्जलीले उपन्यास संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा डा. गुरुङले उपन्यासले गुरुङ समुदाय र यसको संस्कृतिबारे अहिलेसम्म कतै नलेखिएको कथाव्यथा बोकेको बताए । ‘प्राञ्जलीको यस उपन्यासले नेपालको इतिहासको एउटा अलग्गै कालखण्डको कथा बोकेको छ,’ डा. गुरुङले भने, ‘लाहुरे र लाहुरेनीको कथा बोकेको यो उपन्यास पढ्दै जाँदा मलाई आफ्नै गाउँघरको परिवेश र आफ्नै कथाव्यथा पढेजस्तो लाग्यो ।’

कार्यक्रममा लोकगायिका शर्मिला गुरुङ, अभिनेता खगेन्द्र लामिछाने, प्रकाशक अजित बराल र लेखक प्राञ्जलीले पुस्तकबारे मन्तव्य राखेका थिए । पुस्तक फाइन प्रिन्ट प्रकाशनले प्रकाशन गरेको हो ।