मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ७ मंगलबार ०७:१८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

राजदूत शर्माले भेटे भारतीय सेनाध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ७ मंगलबार ०७:१८:००

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतीय सेनाका नवनियुक्त सेनाध्यक्ष मनोज पाण्डेसँग सोमबार शिष्टाचार भेट गरेका छन् । भारतीय सेनाको हेडक्वार्टरमा भएको भेटमा सेनाध्यक्ष पाण्डेको भविष्यमा नेपाल भ्रमणबारे छलफल भएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेलाई राजदूत शर्माले बधाई दिँदै दुई देशबीच भविष्यमा रक्षा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सेनाध्यक्ष पाण्डे नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउन नेपाल आउने कार्यक्रम छ । दुवै सेनाले उनको नेपाल भ्रमणको मिति सार्वजनिक गरेका छैनन् । 

राजदूत शर्माले सेनाध्यक्षसँग दुईपक्षीय रक्षा सहकार्यका विभिन्न पक्षबारे छलफल गरेको उल्लेख गरेका छन् । उनले नेपाली सेनालाई निरन्तर सहयोग पु¥याएकोमा भारतीय सेनालाई धन्यवाद दिएका छन् । भारतीय सेनाले पनि ट्विटरमा दुईपक्षीय रक्षा सहकार्यबारे राजदूत शर्मा र सेनाध्यक्ष पाण्डेबीच छलफल भएको जनाएको छ ।