१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ६ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ६ सोमबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

सुशासनका लागि सूचनाको हकको प्रयोग जरुरी : प्रमुख सूचना आयुक्त गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार o७:५६:oo

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सुशासनका लागि सूचनाको हकको प्रयोग जरुरी रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘सूचनाको हक प्रवद्र्धन र यसको व्यावहारिक प्रयोग’ विषयक अन्तक्र्रियामा उनले पछिल्लो समय नेपालमा पनि सूचनाको हकको प्रयोगमार्फत सूचना लिने क्रम बढेको बताए ।

‘सूचनाको हक प्रयोग गरेर हरेक नागरिकले सरकारी र सार्वजनिक निकायबाट सूचना प्राप्त गर्न सक्छन्, यो संविधान र कानुनले दिएको अधिकार हो,’ गुरुङले भने, ‘यसले राज्यलाई जवाफदेही र पारदर्शी बनाउँछ ।’ तर, कतिपय सरकारी निकायका सूचना अधिकारी ‘सूचना दिएर गोपनीयता भंग हुने’ ठान्ने गरेको उनले बताए । ‘सूचनाको हक पढेर लोकसेवा परीक्षा उत्तीर्ण गर्छन् । तर, पछि सूचना दिन नपरे हुन्थ्यो ठान्छन्,’ उनले भने, ‘नागरिकले जे र जस्तोसुकै सूचना माग्न पाउँछन् । तर, कुन सूचना दिने, कुन नदिने भनेर सूचना अधिकारीले कानुनको पालना गर्नुपर्छ ।’ 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले सूचनाको हकको कार्यान्वयनमा राज्य प्रणाली उत्तरदायी नरहेको बताए । ‘सूचनाको हक कानुन कार्यान्वयन आफैँमा चुनौतीपूर्ण, राज्य प्रणाली उत्तरदायी छैन,’ उनले भने, ‘कार्यान्वयनमा राज्यले अपनत्व बोध गर्नुपर्छ ।’ उनले सूचना आयोग शासकीय नजरभन्दा पनि नागरिकको साथबाट अगाडि बढ्नुपर्ने सुझाव दिए । ‘शासकले आयोग सशक्त होस् भन्ने चाहँदैनन् । तर, आयोगले जनता, अभियानसँग नजिक भएर काम गर्नुपर्छ,’ उनले भने ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघ अध्यक्ष उमिद बागचनले सूचनाको हकको व्यावहारिक प्रयोगले राज्यलाई जवाफदेही बनाउन सकिने बताए । सूचनाको हकको व्यावहारिक प्रयोग बढाउन महासंघको स्थापना भएको बताउँदै उनले भने, ‘सूचनाको प्रवद्र्धन र सूचना आमनागरिकसम्म पुग्नुपर्ने हुन्छ, त्यसका लागि महासंघ बनाइएको हो । ०७८ फागुनमा दर्ता भएको महासंघले ४३ जिल्ला, सात प्रदेश र एक उपत्यका प्रदेशमा समिति बनाइसकेको छ । 

ad
ad
ad
ad