प्रहरीले गाँजाको धुलोसहित दुई युवालाई पक्राउ गरेको छ । आइतबार साढे १ बजे बाग्लुङ नगरपालिका–२ मा रहेको बेस्टवान रेस्टुरेन्टबाट ३९० ग्राम गाँजाको धुलोसहित दुई युवा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।
पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–६ घर भई बाग्लुङ नगरपालिका–२ बस्ने २३ वर्षका समीर अन्सारी र काठेखोला गाउँपालिका–४, तंग्रामका २२ वर्षीय राजु थापा छन् । उनीहरूलाई लागुऔषध कारोबार गर्दै गरेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।