१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Saturday, 05 July, 2025
कमल खत्री म्याग्दी
२o७९ असार ५ आइतबार १४:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस म्याग्दीमा एमालेको प्यानलै विजयी

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार १४:३५:oo

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा नेकपा (एमाले)को प्यानल नै विजयी भएको छ। आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुख र सात सदस्यमा एमालेका उम्मेदवार विजयी भएका हुन्।

जिसस प्रमुखमा एमालेका राजकुमार थापा र उपप्रमुखमा दिलकुमारी खत्री समान सात–सात मतसहित विजयी भएका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट प्रमुख पदकी उम्मेदवाार कांग्रेसकी मनकुमारी विक र उपप्रमुख उम्मेदवार सोहन श्रेष्ठले पाँच–पाँच मत प्राप्त गरे। गठबन्धनले सदस्यमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।

सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देव गर्बुजा पुन, महिला सदस्य कविता वि.क, गौमती चपाईं, धनकुमारी सुनार र दलित सदस्यमा जानकारी विश्वकर्मा निर्विरोध निर्वाचित भएका हुन्। ६ स्थानीय तह रहेको म्याग्दीमा एमालेको सात, कांग्रेसको तीन र माओवादीको दुई गरी १२ मतभार रहेको थियो।