१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ५ आइतबार
  • Wednesday, 26 June, 2024
२o७९ असार ५ आइतबार १३:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीलाई एमालेले चुनावी एजेन्डा बनाउन खोज्यो : प्रवक्ता महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार १३:३७:oo

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा (एमाले)ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)लाई चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाएका छन्।

नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. महतले सो धारणा राखेका हुन्। उनले भने, ‘ओली सरकारकै पालामा यसमा पत्राचार भएको रहेछ र त्यो खुलिसकेको पनि छ। तर, एजेन्डाविहीन बनेको एमालेले एसपिपीलाई आगामी संसदीय निर्वाचनको एजेन्डा नै बनाउन खोज्यो।’

एमाले गएको स्थानीय तहको निर्वाचनपछि एजेन्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्षित गरेर विभिन्न अनर्गल प्रचारमा लागेको उनको आरोप छ। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता डा. महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिए। 

फरक प्रसंगमा उनले वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको सम्भावना कमै रहेको बताए। निजी क्षेत्रलाई प्रतिस्पर्धी रूपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने धारणा राखे। 

निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुनेमा उनले जोड दिए। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँचदलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेको भन्दै उनले आउने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पनि पाँच दलमा गठबन्धन हुने बताए। रासस

ad
ad
ad
ad