मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ५ आइतबार
  • Friday, 14 August, 2026
२o७९ असार ५ आइतबार ११:१९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

कतारमा मनाइयो ‘भुम्या’ पर्व

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ५ आइतबार ११:१९:oo

कतारमा मगर समुदायको मौलिक पर्व भुम्या मनाइएको छ। नेपाल मगर संघ कतार शाखाअन्तर्गत रहेको नेपाल मगर सांस्कृतिक परिवार कतारको आयोजनामा भुम्या पर्व मनाइएको हो।

नेपालका विभिन्न जिल्लाबाट रोजगारीका सिलसिलामा कतारमा रहेका मगर समुदायले विशेष पूजा र सांस्कृतिक कार्यक्रमको आयोजना गरी साे पर्व मनाएका हुन्। परदेशमा रहे पनि नेपाली  पहिचान कायम राख्ने उद्देश्यले पर्व मनाइएको मगर संघ कतारका सदस्य नेत्रबहादुर थापाले बताए।

मगर समुदायले विशेषगरी जमिनको पूजा गरी यो पर्व मनाउने गर्छन्। हिउँदे बाली भित्र्याएपछि र वर्षे बाली लगाइसकेपछि असार पहिलो साता भुम्या पर्व मनाउने गरिन्छ। यो समयमा पूजा गर्दा  बालीनालीलाई दैवी प्रकोपले नास नगर्ने जनविश्वास छ।