राष्ट्रिय सभाको बैठक आगामी असार १ गते बस्ने भनिए तापनि विशेष कारणले आगामी असार २ गतेका लागि सरेको छ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले असार २ गते १ बजे बस्ने गरी निर्धारण भएको उल्लेख गरिएको छ।
सूचनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम उक्त दिनका लागि बैठक बस्ने निर्धारण गरेकाे उल्लेख छ।