१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तीन दिनभित्र काठमाडौंका सबै ब्रुमर सञ्चालनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:o६:oo

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले तीन दिनभित्र सबै बुम्रर सञ्चालनमा आउने बताएका छन् । आइतबार महानगरपालिकाको दोस्रो कार्यपालिका बैठकमा उनले फोहोरमैला व्यवस्थापन गर्ने र बुम्ररको नियमित उपयोग गर्ने जानकारी दिए । 

‘तीन दिनभित्र ब्रुमर सञ्चालनमा आउनेछन्,’ साहले भने, ‘नगर प्रहरी परिचालनका लागि वडाध्यक्षहरूले सीधै नगर प्रहरी बलका प्रमुखसँग जनशक्ति माग गर्न सक्नुहुनेछ । हामी विकास साझेदारहरूसँग हरेक महिनाको पहिलो सोमबार बैठक बस्दै छौँ । त्यसबाट विकासमा देखिएको असमन्वय कम हुँदै जानेछ ।’ 

महानगरसँग नौवटा ब्रुमर छन्, जसमध्ये हाल दुईवटा मात्र सञ्चालनमा छन् । बाँकी ब्रुमर थन्किएको छ । बैठकमा फोहोरमैला व्यवस्थापन, बु्रमरको नियमित उपयोग, खानेपानी तथा ढल निकासका लागि फरक–फरक कार्यालयले काम गर्दाको असजिलो, वडा र महानगरको भूमिका, बिजुलीका तार व्यवस्थापन गर्दा खनिएका खाडलको व्यवस्थापन, सामाजिक तथा सांस्कृतिक विषयलगायतको विषय उठेको थियो ।

कार्यपालिका सदस्यहरूले समुदायस्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए । 
 

ad
ad