अध्यक्ष शेर्पा र सभापति देउवाबीच नेविसंघ केन्द्रीय समिति विस्तारबारे छलफल

आइतबार, २९ जेठ, २०७९
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघका अध्यक्ष डुजाङ शेर्पाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। अध्यक्ष शेर्पा र देउवाबीच प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भेट भएको हो। 

भेटमा नेविसंघ केन्द्रीय समिति विस्तार, नेविसंघ सदस्यता वितरण र १२औँ अधिवेशनलगायतका विषयमा छलफल भएको अध्यक्ष शेर्पाले जानकारी दिए। कांग्रेसले नेविसंघको तदर्थ समिति गठन गर्दा अध्यक्ष शेर्पाबाहेक केन्द्रीय पदाधिकारी र सदस्यमा मनोनयन गरेको छैन।

शेर्पाका अनुसार भेटमा नेविसंघको गतिविधि, त्रिभुवन विश्वविद्यालयको बेथिति अन्त्यका लागि उच्चस्तरीय  छानबिन समिति गठन गर्ने र संस्कृत विश्वविद्यालयलगायतका विषयमा समेत सभापति देउवालाई जानकारी गराइएको थियो।

See More On

सुझावित समाचार