मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २७ शुक्रबार १८:२२:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा ‘पानीफोटो’

Read Time : < 1 मिनेट
२०७९ जेठ २७ शुक्रबार १८:२२:००

खगेन्द्र लामिछानेद्वारा निर्देशित चलचित्र ‘पानी फोटो’ साउन १३ गतेदेखि देशभर प्रदर्शन आउने भएको छ । शुक्रबार निर्माण टिमले चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । लामिछानेको डेब्यु निर्देशन रहेको ‘पानीफोटो’का निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा माओवादी जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा बसेका बाबुआमाको कथा समेटिएको छ । 

चलचित्रमा, अनुप बराल, मेनुका प्रधान, मलिका महत, खगेन्द्र लामिछाने, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, रमेश अधिकारी, कमलमणि नेपाल, अनुज पाण्डे, राधा श्रेष्ठ, श्याम कुमारलगायत कलाकारहरूको अभियन छ । 

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता सफल नेपाली चलचित्रहरु निर्माण गरेको टुकी आर्ट्स प्रालिले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको भएको हो ।