मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आन्तरिक ऋणमा पनि सीमा हुनुपर्छ : नेता पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २७ शुक्रबार १६:१०:००

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सरकारले आन्तरिक ऋण लिने सीमा राख्नुपर्ने बताएका छन्। पछिल्लो समय आन्तरिक ऋण अत्याधिक रूपमा बढेको उल्लेख गर्दै उनले सीमा राख्नुपर्ने बताएका हुन्।

शुक्रबार प्रतितिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक,२०७६ माथिको छलफलमा नेता पुनले सो धारणा राखेका हुन्। विगतमा आन्तरिक ऋण कुल ग्राहस्थ्य उत्पादनको २.५ प्रतिशत रहेकोमा अहिले ५ प्रतिशतभन्दा बढी पुगेको बताए।

सांसद पुनले आन्तरिक ऋण वृद्धि भएकै कारण पछिल्लो समय बजारमा बैंकिङ तरलता भएर निजी क्षेत्रले ऋण पाउन नसकेको बताए। वैदेशिक ऋणलाई उत्पादनमूलक क्षेत्रमा र पुँजी निर्माणको क्षेत्रमा खर्च गर्नुपर्ने सरकारको नीतिको उनले समर्थन गरेका छन्।

'आन्तरिक ऋणमा पनि सीमा हुनुपर्ने हो। अहिले आन्तरिक ऋण धेरै उठिरहेको छ। जिडिपीको २.५ प्रतिशतमा बस्ने गरेको थियो, अहिले आन्तरिक ऋण बढेर गएको छ। अहिले ५ प्रतिशतभन्दा बढी भएको छ। हाम्रो समस्या यहाँ रहेको छ। यसले तरलता अभाव हुने, निजी क्षेत्रले ऋण नपाउने समस्या हुन्छ,’ उनले भने।