मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २६ बिहीबार १३:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय फरक समयमा सञ्चालन गर्न सांसद सिंहको सुझाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २६ बिहीबार १३:२६:००

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विद्यालय र सरकारी कार्यालय सञ्चालनको समय फरक बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले ट्राफिक व्यवस्थापनका लागि यस्तो सुझाव दिएका हुन्।

फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्यासमेत भोगिरहेका उनले उल्लेख गरे। ‘फोहोरमैला व्यवस्थापन गर्न नसक्नु, बजार भाउ नियन्त्रण गर्न नसक्नु एकातिर छ भने ट्राफिक जामका कारण एक ठाउँबाट अर्को ठाउँ जान धेरै समय लाग्छ। के कुरामा सरकारको ध्यानाकर्षण गर्न चाहन्छु भने स्कुल जाने टाइमिङ र सरकारको अफिस सञ्चालन गर्ने  टाइमिङमा फरक गरे ट्राफिकमा केही कमी आउँछ कि !’