१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दोर्दी खोलाको २७ मेगावाट विद्युत् प्रसारण लाइन अभावले राष्ट्रिय ग्रिडमा जोडिएन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:४o:oo

लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावले राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले उदीपुरदेखि मध्यमर्स्याङ्दीसम्मको ६ किलोमिटर प्रसारण लाइन निर्माण पूरा नगर्दा आयोजनाको विद्युत् जोडिन नपाएको जलविद्युत् आयोजनाका निर्देशक गुरुप्रसाद ढकालले बताए । उनका अनुसार लाइनको १.८ किलोमिटर मात्र तार तान्न बाँकी छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन तयार नहुँदा आयोजनाको विद्युत् प्रणालीमा जोडिन नपाएकोे हो । वैशाखको पहिलो साताबाट व्यावसायिक विद्युत् उत्पादन गर्ने योजना भए पनि लाइन तयार नहुँदा विद्युत् खेर गइरहेको आयोजनाका निर्देशक ढकालको भनाइ छ ।

०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले ०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । पछि समय थपेर ०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सो अवधिमा पनि निर्माण सम्पन्न नभएपछि पटक–पटक गरी ०७७ चैत मसान्तसम्म सक्ने गरी सम्झौता भएको थियो । ०७७ चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखे पनि सोअनुसार काम हुन नसकेपछि आयोजनाले फेरि वैशाखदेखि उत्पादन गर्ने योजना भए पनि लाइन समस्याले गर्दा विद्युत् जोडिन पाएन ।

नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युतगृहमा मर्स्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पुर्‍याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ । 

आयोजना सम्पन्न गर्न सुरुमा चार अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ निर्माण थालनी गरे पनि निर्माण अवधि लम्बिँदै गएकाले करिब चार अर्ब ६४ करोड रुपैयाँ खर्च भएको अनुमान छ । 

ad
ad