१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ २३ सोमबार १०:२५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चेसको उपाधि सिलवाललाई

Read Time : < 1 मिनेट
२०७९ जेठ २३ सोमबार १०:२५:००

नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि काठमाडाैंका पुरुषोत्तम सिलवालले जितेका छन् । प्रतियोगितामा सहभागी ७१ जना खेलाडी उछिन्दै सिलवालले उपाधि हात पारेका हुन् ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सिलवालले शतप्रतिशत नतिजा निकाल्न सफल भए । उनले सात खेलबाट सातै अंक बटुले । विजेता सिलवालले सात हजार रुपैयाँ पाए । 

काठमाडाैंका कुशल बेलबासे र तिलिङ्टार माविका पूर्णिमा गुरुङले समान ६ अंक बटुले । बर्दियाका निशान्त श्रेष्ठ ५.५ अंकका साथ चौथो स्थान भए । सात खेलबाट पाँच अंक बनाएका कपिल घिमिरे पाँचौैँ भए । काठमाडौंकी मार्सल तामाङ पाँच अंकका साथ महिलातर्फ च्याम्पियन बनिन् । झापाकी पुनम प्रसाईं चार अंकका साथ दोस्रो र युनिसा सुवेदी तेस्रो भएका छन् । महिलातर्फ सिवानी रिजाल चाँथो तथा सबनम रिजाल पाँचौँ स्थानमा रहे ।