मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ २२ आइतबार
  • Friday, 14 August, 2026
२o७९ जेठ २२ आइतबार १२:११:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

उत्तर कोरियाद्वारा छोटो दूरीका आठवटा ब्यालेस्टिक मिसाइल परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २२ आइतबार १२:११:oo

प्योङयाङले आइतबार छोटो दूरीका आठवटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको बताइएको छ। दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले साे कुरा उल्लेख गरेको छ।

यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतबार जापान सागरतर्फ कम्तीमा दुई स्थानबाट थुप्रै ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको थियो। 

यसैबीच, दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दाबी गरेको छ। योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसिएस)लाई उद्धृत गर्दै प्योङयाङले आइतबार कम्तीमा दुई स्थानबाट छोटो दूरीका आठ ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएको हो। रासस/एएनआई