१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका इस्तानबुल
२०७९ जेठ २१ शनिबार १४:४२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा ग्यासको मूल्य ४५ प्रतिशत वृद्धि, बिजुलीको शुल्क पनि बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्तानबुल
२०७९ जेठ २१ शनिबार १४:४२:००

पाकिस्तानमा एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भएकाले ग्यासको पनि मूल्य वृद्धि गर्नुपरेको पाकिस्तानका सरकारी अधिकारीहरूले जनाएका छन्।

पाकिस्तानको तेल तथा ग्यास नियमन प्राधिकरणले ग्यासको मूल्य वृद्धि गर्न उत्पादकहरूलाई अनुमति दिएको हो। प्राधिकरणले पाकिस्तानको कराँचीस्थित पाकिस्तानी प्राकृतिक ग्यास कम्पनी (एसएसजिसी) ग्यासको मूल्यमा ४५ प्रतिशतसम्म वृद्धि गर्दा अहिले बिक्री मूल्य १००७ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् ।

तय गरिएको नयाँ मूल्य जुलाई १ देखि मात्रै लागू हुने पनि प्राधिकरणले जनाएको छ। त्यसैगरी, विद्युत् महसुलमा पनि वृद्धि गरिएको छ। विद्युत् प्राधिकरणले प्रतियुनिट विद्युत्मा ७.९१ प्रतिशत वृद्धि गरिएको जनाएको छ।

दैनिक उपभोग्य ग्यास र बिजुलीको मूल्य बढेकोप्रति आमनागरिकले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले दैनिक उपभोग्य पदार्थको मूल्य वृद्धि गर्दा आमनागरिकको दैनिक जीवनमा नै नकारात्मक असर परेको भन्दै मूल्य वृद्धि फिर्ता लिन माग पनि गरेका छन् ।  रासस/एएनआई