१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १९ बिहीबार १९:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विनियमावलीमा कर्मचारीको सेवा, सुविधा र वृत्तिविकासमा ध्यान दिन्छौँ : गभर्नर अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १९ बिहीबार १९:३७:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्तिविकासलाई ध्यान दिइने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरूको सेवा, सुविधा र वृत्तिविकासमा ध्यान दिइने बताएका हुन् । 

उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने वचन दिए । उनले भने, ‘केही विनियमसँग सम्बन्धित कुराहरू बाँकी छन् । जसको लागि सबै युनियनहरूको सुझावसहित विनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ । त्यहाँभित्र पक्कै पनि वृत्ति विकासलगायतका कुराहरू र अनुभवको आधारमा गर्नुपर्ने केही करेक्सन छन् । धेरै ठूलो संशोधन पनि छैन । हामी यसमा गहन मन्थनमा छौँ । कुनै किसिमका वृत्तिविकासका व्यवस्थाहरू घटेर आउनेछैन । आशा गरौँ त्यो राम्रो हुनेछ । सकारात्मक हुनेछ ।’

उनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए । बैंकका कर्मचारीहरूले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरे ।